बलिउड अभिनेता मिथुन चक्रवर्ती आज आफ्नो ६६ औँ जन्म दिन मनाउँदै छन् । उनी १६ जुन सन् १९५० मा कोलकत्तामा जन्मेका थिए । मिथुनको वास्तवीक नाम गौरांग चक्रवर्ती हो । उनको मिथुन पछि राखीएको नाम हो । सन् १९७६ मा फिल्म मृगयाबाट बलिउडमा ब्रेक लिएका मिथुनले पहिलो फिल्मबाटै उत्कृष्ठ अभिनेता राष्ट्रीय अवार्ड प्राप्त गरेका थिए । पहिलो फिल्मको सफलता पछि उनले अन्य फिल्ममा काम गर्ने मौका पनि पाउँदै गए ।
सन् १९८२ मा उनले फिल्म डिस्को डान्सरमा काम गरे । फिल्मको शीर्ष गीत आई एम अ डिस्को डान्सर दर्शक श्रोताले खुबै रुचाए । यहि गीतले मिथुनलाई चर्चित पनि बनायो । आज उनी डिस्को डान्सरका रुपमा पनि चिनिन्छन् । उनी जुनसुकै कार्यक्रममा पुगेपनि आई एम अ डिस्को डान्सरमा ननाचीकन फर्कने गरेका छैनन् । १९७६ देखी हालसम्म मिथुनले दर्जनौँ सफल फिल्महरु दर्शकका लागि पस्केका छन् । राम्रो अभिनयका कारण उनले धेरै पटक अवार्डहरु पनि जितेका छन । सिने उद्योगको सबैभन्दा ठूलो अवार्ड मानिने फिल्म फेयर अवार्ड पनि उनले दुई पटक जितेका छन् ।
फिल्ममा सफल भएका उनी फिल्मसँगै व्यवसायमा पनि लागेका छन् । उनी मोनाको गु्रप अफ होटेल्सका मालिक हुन् । भारतमाका चार ठूला सहरहरुमा उनका होटेलहरु छन् । सालाखालामा उनको कूल सम्पति २४० करोड भारतीय रुपैयाँ भएको जानकारी छ । मिथुनले फिल्मका साथै टेलिभिजन प्रस्तोता , गायक , र लेखकका रुपमा पनि आफ्नो परिचय बनाएका छन् । यसका साथै उनी सामाजिक कार्यकर्ता र राजनेता पनि हुन् ।
२४० करोडका मालिक मिथुन ६६ बर्षमा

0 comments
Write Down Your Responses