काठमाडौं । नयाँ शक्ति केन्द्रिय परिषदमा रहेकी नेपाली सिनेस्टार करिश्मा मानन्धरले आफूले तयारी गर्न नपाएका कारण पार्टी घोषणा कार्यक्रममा आफ्नो उद्घोषणमा कमि कमजोरी भएको बताएकी छिन् । नेपाली हेडलाइन्ससँग विशेष कुराकानी गर्दै करिश्माले आफूले तयारी विना नै अकस्मात कार्यक्रममा उद्घोषण गर्नु पर्ने अवस्था आएका कारण केही कमजोरी रहेको तर उक्त कार्यक्रममा भएको गल्तीले आफूले पाठ सिकेको बताइन् । सामाजिक सञ्जाल र कतिपय मिडियामा आफ्नो प्रस्तुतीबारे नकारात्मक चर्चा भएपनि पार्टी भित्र भने यस विषमया कुनै टिका टिप्पणी नभएको पनि करिश्माले हेडलाइन्सलाई बताइन् ।करिश्मा बोल्दा विराएपछि बाबुरामको म्यासेज
नयाँ शक्ति घोषणा कार्यक्रममा आफ्नो उद्घोषण विग्रेको बेला नेता बाबुराम भट्टराईले आफूलाई टेक्स्ट म्यासेज पठाएर प्रोत्साहन दिएको समेत करिश्माले हेडलाइन्ससँग खुलासा गरेकी छिन् । कार्यक्रम सफल भएको र साना साना कुरामा नआत्तिन भन्दै बाबुरामले सहयोगी विश्वद्वीपमार्फत आफूलाई टेक्स्ट पठाएको उनले बताइन् । कार्यक्रम राम्रो भैरहेको र साना साना कुरामा हडबड नगर्न भन्दै आफूलाई टेक्स्ट म्यासेज आएको करिश्माको भनाइ थियो ।
“कार्यक्रममा उद्घोषण विग्रेपछि बाबुरामबाट के प्रतिक्रिया पाउनु भो ?” भन्ने हेडलाइन्सको प्रश्नमा करिश्माले बाबुराम पाको गार्जियन जस्तो ब्यक्ति भएका कारण आफूलाई कुनै नकारात्मक टिप्पणी नगरेको बरु प्रोत्साहन दिएर म्यासेज गरेको करिश्माले बताइन् । “उहाँ पाको र गार्जियन हुनु हुन्छ यस्ता कुरामा कहिल्यै नकारात्मक टिप्पणी गर्नु हुन्न मलाई यसैकारण उहाँको ब्यक्तित्व मन परेको हो” करिश्माले भनिन् ।
कोही पनि पूर्ण हुँदैन
करिश्माले आफू कलाकर्मीकोरुपमा काम गरेको भएपनि उद्घोषण कलामा पोख्त नभएका कारण पहिलो पटक यस्तो काम गर्दा गल्ती भएको बताएकी छिन् । नयाँ क्षेत्रमा काम गर्दा कमि कमजोरी हुनु स्वभाविक भएका कारण आफूलाई गरिएका आलोचनालाई आफूले सकारात्मक पाठ सिक्ने माध्यम बनाएको करिश्माले बताएकी छिन् । नयाँ शक्ति घोषणा सभामा करिश्माको उद्घोषणमा भएका गल्तीबारे विभिन्न टिका टिप्पणी भैरहेका छन् । उनले मञ्चमा पाहुनाहरु बोलाउँदा र नाम पढ्दा विभिन्न गल्ती गरेकी थिइन् । करिश्माले आफूले तयारी नगरेका कारण भएको गल्ती भएका कारण ठूलो विषय नबनाएको बताइन् ।
रंगशालमा बोल्दा विराएपछि करिश्मालाई बाबुरामको यस्तो म्यासेज

0 comments
Write Down Your Responses