काबुलमा नेपालीको मृत्यु भएपछि केपी ओलीले भन्दा मोदीले पहिले ट्विट गरेर दुख व्यक्त गरे

काठमाडौँ, ६ असार । सोमबार एकाबिहनै अफगानिस्तानको राजधानी काबुलमा आत्घाती बिष्फोटमा परी १४ नेपालीले ज्यान गुमाउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै ट्विट गर्दै दुख जनाउ गरे । यता नेपालका प्रधानमन्त्री केपी ओलीले मध्यान्हसम्म पनि नेपाली परे नपरेको विषयमा सोधखोज भइरहेको भन्दै अपुष्ट प्रतिक्रिया दिँदै थिए । जबकी अफगानिस्तानको गृहमन्त्रालयले बिहान दुर्घटना भएलगत्तै आत्घाती बिष्फोटमा नेपालीहरु परेपनि सनाखत हुन बाँकी रहेको जनाइसकेको थियो ।

0 comments

Write Down Your Responses