सोमबार भएको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा मृत्यु भएका १४ जना नेपालीमा अहिलेसम्म १२ जनाको नाम र ठेगाना

सोमबार भएको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा मृत्यु भएका १२ जना नेपालीको नाम र ठेगाना पुष्टि भएको छ । घटनामा १४ जना नेपालीको मृत्यु नभएर १२ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको हो । आज बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले पुष्टि गरेको थियो । घटनामा ५ नेपाली र अन्य ४ अफगानी गरि ९ जना घाइते भएका छन् । नेपालीलाई नै लक्षित गरेर आक्रमण गरेको त्यहाँका प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ । पहिचान भएका मृतकहरुको नाम र ठेगाना यसप्रकार छ । १, अकुल तामाङ, सुनसरी २, चन्द्रबहादुर रानामगर, काठमाडौं ३, हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं ४,विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं ५,अमृतबहादुर थापा, लमजुङ ६, सुपबहादुर गुरुङ, स्याङ्जा ७,डम्बरबहादुर तामाङ, नुवाकोट ८,मधुसुदन कोइराला, नुवाकोट ९ ,लिलबहादुर गुरुङ, नुवाकोट १०, नवीनसिंह क्षेत्री, पर्वत ११, कृष्णबहादुर ढुंगाना, चितवन १२, जितेन्द्रसिंह थापा, बुटवल घाइते हुनेहरु – १, प्रेमबहादुर क्षेत्री -मोरङ २,चेतप्रसाद शेरचन -म्याग्दी ३,कुमारबहादुर गुरुङ -गोरखा ४,मानबहादुर थापा -चितवन ५,कृष्णकुमार देउजा -चितवन ६,अमृत रोकाया क्षेत्री -सुर्खेत ७ ,च्याङ्बा तामाङ -नुवाको

0 comments

Write Down Your Responses