मनिषाको हत्याबारे प्रहरी बल्ल बोल्यो- ‘प्रेमी आशिषले नै हत्या गरेका हुन्’

असार ६, नवलपरासी । नेपाली फुटबलर स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्ति मगरको रहस्यमय मृत्युको निष्कर्ष बाहिर आएको छ । मनिषाको हत्या या आत्महत्या भन्ने कुराको लामो समय बहस चलेता पनि नवलपरासी प्रहरीले उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको निष्कर्ष निकालेको हो । मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटना भएको २१ दिन सम्मको लामो अनुसन्धान पछि प्रहरीले बिभिन्न प्रमाणका साथ मनिषाको हत्या आशिषले नै गरेको पुष्टि गरेको हो । घटनास्थलमा भेटिएका प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेपछि आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको छ । प्रमाणहरु अदालतमा पेश गरीने नवलपरासी प्रहरीले दिएको जानकारी अनुसार मनिषाको घाँटीमा लागेको पासो, घटनास्थलमा फेला परेको सिसाका टुक्रा मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने भएको छ । अन्तिम कल ८:३२ मा भएको थियो प्रहरीले अनुसन्धानको क्रममा मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेज मार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो । पोलिग्राफले पनि पत्ता लगाउन सकेन मनिषाका प्रेमी आशिषको पोलिग्राफ मार्फत उनले सहित बोलेको हो या गलत बोलेको हो भन्ने पत्ता लगाउने कोशिस गरीयो तर आशिषलाई , तिमीले मनिषाको हत्या गरेको हो भन्ने प्रश्नमा होइन भनेका थिए र पोलिग्राफले पनि उनकै कुरालाई सत्य भनेको थियो ।

0 comments

Write Down Your Responses