काठमाडौं : चर्चित गायक राजेश पायल राई र चर्चित नायिका प्रियंका कार्कीले गाला जोडेको सेल्फी फेसबुक मार्फत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हंगमा भएको छ । गायक राईसँग गाला जोडेको फोटो प्रियंकाले आफ्नो फसबुक पेज मार्फत सार्वजनिक गरेपछि उनका फ्यान विभाजित भएका छन् ।
प्रियंकाले फेसबुक ‘पेजमा राईइज किंङ कि कसो ? सबैको अत्यान्तै प्यारो राजेशपायल राईसँग एक क्लिक,’ भन्दै गाला जोडेको फोटो पोस्ट गरेकी छिन् ।
उनले राजेशसँगको फोटो सार्वजनिक गरेपछि उनका फ्यानहरुले राम्रो जोडिको संज्ञा दिएका छन् । प्रियंकाको जोडी अभिनेता दयाहाङ राईसँग सबैभन्दा बढी सुहाउने तर, राजेशपायलसँग पनि उत्तिकै सुहाएको फ्यानहरुले कमेन्ट गरेका छन् । प्रियंका बेला बेलामा फेसबुक स्टाटस र तस्विरका कारण चर्चामा आउने गरेकी प्रियंकाले ८ लाख ९३ हजार ८९७ लाइक रहेको उनको फ्यान पेजमा राजेशसँगको फोटा सार्वजनिक गरेपछि केही फ्यानहरुले प्रियंकालाई मिलनसार भएको र सवै सलिव्रेटीसँगको सेल्फी फेसबुकमा हाल्ने गरेको भन्दै उनको पशंसा गरेका छन् । राजेश र प्रिंयकालाई उनका फ्यानहरुले विवाह गर्न समेत सुझाएका छन् । उनका फ्यानहरुले ‘राई इज किङ, कार्की इज क्विन ।’ भन्दै राजेश र प्रियंकाको प्रशंसा समेत गरेका छन् ।
कतिपय फ्यानहरुले भने उनलेको सँधै तडकभडक गरेर तस्विर खिच्ने गरेको भन्दै उनको आलोचना समेत गरेका छन् । प्रियंकाले जोसँग पनि गाला जोडेर तस्विर खिच्ने गरेको भन्दै उनका फ्यानले उनको आलोचना गरेका हुन् । ओठमा मुन्दा लगाउँदा नसुहाएको भन्दै गायक राईलाई मुन्द्रा नलगाउन प्रियंकाका फ्यानहरुले आग्रह समेत गरेका छन् ।
त्यस्तै गायक राजेश पायल राईले पनि किराती हरुको महान चाड साकेला र बुद्ध जयन्ती को अवसरमा नायिका प्रियंका कार्कीसँगकै फोटो पोस्ट गरेर शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, ‘साकेला र बुद्धजयन्तीको अवसरमा सम्पूर्ण दाजु भार्इ तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना,देश मा दिगो शान्ती होस सबैको भलो होस, राष्ट्र समृद्ध बनोस ,नेपाली संगीतले अन्तराष्ट्रियय फड्को मारोस जय देश ! जय संगीत दर्शन नमस्ते ।’ नायिका कार्कीले गायक राईसँगको फोटो र गायक राईले नायिका कार्कीसँगको फोटो आफ्नो फेसबुक पेजमा पोस्ट गर्नुको अर्थ के होला ? अहिले सबैले यही सोचरिहेका छन् । यो प्रश्नको जवाफ राई र कार्कीले नै दिनेछन् ।
राजेश र प्रियंकाले गाला जोडेपछि…

0 comments
Write Down Your Responses