वीरगन्जः दाइजोको निहुमा छोराको विहे रद्ध गरेको आरोपमा प्रहरीले पक्राउ गरेका पर्साको महुवन ३ का गणेश साहको उपचारका क्रममा मृत्यु भएको छ ।
गणशेको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
पाइल्स रोगका साथै अण्डकोष र मलद्धार बिचको भागमा रहेको घाउ पाकेरपछि उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । गम्भिर अवस्थामा रहेका गणशेकोे उपचारका क्रममा शुक्रबार राति आठ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
गत बुधबारदेखि प्रहरी हिरासतमा रहेका गणेशलाइ रोगले च्यापेपछि शुक्रबार बिहान नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । त्यहा उपचार हुन नसकेपछि उनलाइ शुक्रबार साँझ नेशनल मेडिकल कलेजमा लगिएको थियो ।
मेडिकल कलेजमा उपचारकै क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
मृतक गणशेका आफन्तले भने प्रहरीले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् ।
सिकिस्त रहेका गणशेलाइ वीरगन्जका चिकित्सकले थप उपचारका लागि काठमाण्डौ लैजान रिफर गरेपनि प्रहरीले नमानेका कारण उपचारको अभावमा उनको मृत्यु भएको मृतक गणेशका छोरा रविशंकर साहले बताए ।
बिरामी रहेका आफना बुबालाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बेला प्रहरीले बुधबार पक्रेर थुनामा राखेको मृतकका छोरा रविशंकरको आरोप छ ।
तर प्रहरी उपरिक्षक श्रष्ठले भने गणेश पहिले देखि नै रोगी रहेको र उनको उपचारमा कुनै लापरवाही नगरिएको दाबी गरे ।
गणेशका कान्छा छोरा हरिशंकर साहको विहे पर्साको लखनपुर गाविस वडा नम्बर ४ का मथुरा साहकी छोरी सुनिता साहसंग बैशाख १७ गते हुने तय भएको थियो । तर दाइजोमा खेत नपाएको निहुमा गणेशले जन्ती लिएर नगएपछि उक्त विहे भाडिएको थियो ।
दाइजोका कारण विहे रद्ध गरेको आरोपमा नै प्रहरीले गणेशलाइ गत बुधबार वीरगन्जबाट पक्राउ गरेको थियो ।
दाइजोको निहुमा छोराको विहे रद्ध गरेको आरोपमा प्रहरीले पक्राउ गरेका हिरासतमा रहेका गणेशको मृत्यु

0 comments
Write Down Your Responses