हत्या आरोपमा बिमल पक्राउ>>>डी. एस. पी. बज्राचार्य
'आफ्नै श्रीमती २६ बर्षीय नरमाया श्रीस र छोरी ६ बर्षीय पुर्णिमा पुनको हत्या अभियोगमा पोखरा - १४ रातोमाते डाँडाक ३१ बर्षीय बिमल पुनलाई गत शुक्रबार प्रहरीले पक्राउ गरि थप अनुसन्धानको लागि हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ">>>जी. प्र.का.कास्कीका प्रबक्ता डी. एस.पी.गजुसिद्दी बज्राचार्य ले बताउनुभयो !
श्रीमती र छोरी लाई रडले प्रहार गर्दा उनीहरु चिच्याएको आवाज छिमेकीहरुले सुनी पुनको घर पुगेका थिए र छिमेकीहरुले नै वडा प्रहरी कार्यालय रामबजारलाई खबर गरेपछी प्रहरी टोली घटनास्थल पुगेको थियो ! र टोलीले अभियुक्त पुनलाई जी. प्र. का. मा बुझाएको हो ! यस अघि पनि पुनको घरमा झगडा हुने गरेको स्थानीय श्रोतको दाबी छ !
श्रोत : समाधान न्युज

0 comments
Write Down Your Responses