राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको हत्या भएको आज चार दिन पुग्यो

काठमाडौं, १६ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको हत्या भएको आज चार दिन पुग्यो । तर, कारण अझै खुल्न सकेको छैन् । यसैक्रममा एउटा नयाँ कुराको खुलासा भएको छ । घटना भएको रातभन्दा अगाडि बुधबार साँझ विमलले आफ्नी आमा घरमा नभएको कुरा बेल्जियममै थाहा पाइसकेका थिए । त्यसपछि उनले आफ्नी बहिनी मनिषालाई फेसबुकबाट राति एक्लै नबस्न सुझाव दिएका थिए । उनले अंकलको घरमा गएर सुत्नु भनेका थिए । विमलसँग कतारको एयरपोर्टमा सेल्फी खिच्दै एलिस खड्का विमलका नजिकका फ्यान एलिस खड्का भन्छन्- ‘घटनाकै दिन पनि बहिनीसँग उसको कुरा भएको रहेछ च्याटमा । बहिनी घरमा एक्लै रहिछन् । उनले दाई आज आमा हुनुहुन्न, घरमा एक्लै छु, डर लागिरहेको छ भनेकी रहिछन् । त्यसो भन्दा विमलले अंकलको घरमा गएर सुत्नु भनेको रहेछ ।’ तर, मनिषाले विमलको कुरा नमान्दा अकालमै ज्यान गुमाउनु पर्यो । घटनाको कारण अझै खुलेको छैन् । मनिषाका प्रेमी आशिष चौधरी अहिले पनि प्रहरी हिरासतमा छन् । (बहिनीको मृत्युको खबर सुनेर बेल्जियबाट फर्किने क्रममा विमलसँग कतारमा ८ घण्टा विताएका एलिस खड्कासँगको कुराकानीमा आधारित । जो शोकमा रहेका विमलसँग सेल्फी खिचेर विवादमा तानिए ।)

0 comments

Write Down Your Responses