१६ जेठ, काठमाडौं । कतारमा बस्ने एक नेपाली फुटबल प्रेमीले विमल घर्तिमगरसँग खिचेको ताजा सेल्फी फेसबुकमा पोस्ट गरे । बहिनीको मृत्युपछि नेपाल फर्किने क्रममा रहेका विमलसँग उनको कतारमा भेट भएको थियो ।
शोकमा रहेको व्यक्तिसँग सेल्फी खिच्नु र त्यसलाई फेसबुकमा पोस्ट गर्नु आफैंमा शोभनीय काम थिएन । तीव्र रियाक्सनहरु आएपछि उनले गल्ति महसुस गर्दै फोटोलाई फेसबुकबाट हटाएका छन् । विमलसँग उनले कतारमा बिताएका ८ घन्टाका क्रममा यो सेल्फी खिचिएको थियो ।
‘कोठामा केही घन्टा बिताएर फेरि मैले आफ्नो गाडीमा हालेर उसलाई एयरपोर्ट पुर्याएँ । अंकल पनि सँगै जानुभयो । एयरपोर्ट पुगेपछि उसले भन्यो, ‘मेरो कारणले तपाईंहरुलाई दुख भयो है ।’ मैले भनेँ, ‘केको दुख ? तिमी जस्तो देशका लागि खेल्ने खेलाडीलाई यस्तो दुखमा परेको बेलामा सहयोग नगरे कहिले गर्ने ?’
उसले तपाईं कहिले नेपाल फर्किसिन्छ, नेपाल फर्केर के गरिसिन्छ भनेर सोध्यो । मैले अगष्टमा फर्किन्छु र तिमीसँग भेट्छु भनेँ ।
एयरपोर्टमा हामीले ग्रुप फोटो खिच्यौं । मैले भाईसँग सेल्फी खिच्न आग्रह गरेँ । उसले रुन्चे अनुहार लगाएर बसेको थियो । मैले भनेँ, ‘भाई जे हुनु भइहाल्यो, अलिकति स्माइल देउ । म हाँसेको, तिमी नहाँसेको फोटो राम्रो आउँदैन । तर उ हाँस्न सकेन ।’
त्यो फोटो मैले फेसबुकमा अपलोड गरेँ । जो पनि फुटबल खेलाडी भेट्दाखेरी म सेल्फी खिचेर फेसबुकमा हाल्ने गर्छु । यसपटक पनि त्यही गरेछु । तर गल्ति भएछ । जब मेरो फोटो इन्टरनेटमा भाइरल भयो र धेरै किसिमका कमेन्टहरु आए, अनि मैले महसुस गरेँ कि मैले गरेको काम ठिक भएनछ । विमल दुःखमा रहेको बेला मैले फोटो खिचेर फेसबुकमा हाल्नु नहुने रहेछ । मैले गल्ति महसुस गरेको छु । सबैसँग क्षमायाचना गर्छु ।
मलाई लाग्छ, विमलले माइन्ड गरेको छैन । मैले गलत आशयले फोटो खिचेको हो भन्ने उसलाई पक्कै लाग्दैन । मैले आफ्नो काम छोडेर १०-११ घण्टा विमललाई दिएँ । उ पीडामा भएको बेला अलिकति मन बहलाउन खोजेको मात्रै हुँ । आफ्नो प्रिय खेलाडीलाई चोट पुग्ने काम जानाजान म किन गर्छु ?
नेपाल ल्यान्ड भएपछि मैले विमललाई कल गरेँ । उसले दाई म हस्पिटल जाँदैछु भन्यो । मैले उसलाई ‘अब बहिनीको काजक्रिया राम्रोसँग गर, अनि मम्मीसँग केही समय बस’ भनेर सल्लाह दिएको छु ।
मेरा फोटो भाइरल भएपछि मलाई नेपालबाट धेरै जनाले म्यासेज पठाउनुभो । त्यो फोटो हटाउ भन्नुभयो । त्यसपछि मैले पनि फोटो ‘वन्ली मी’ बनाएँ ।
बिमलको स्वभाव कस्तो लाग्छ भन्ने प्रश्नमा एलिसले भने, ‘एकदमै विनम्र छ । जहिले पनि स्यो लगाएर बोल्छ । हजुर आइस्यो, गइस्यो, खाना खाइस्यो भन्छ । आइस्यो गइस्यो भनेको त धेरै राम्रो शब्द हो नि । उसले सिनियरलाई एकदमै रेस्पेक्ट गर्छ ।’
शोकाकुल बिमल संग कतार इएरपोर्टमा सिल्फी खिच्ने युवालाई अफसोच, के भन्छन उनि?

0 comments
Write Down Your Responses