दाउराको चिर्पटले हिर्काई आफ्नै आमाको हत्या

दाउराको चिर्पटले हिर्काई आफ्नै आमाको हत्या झापाको पृथ्वीनगर-२ का एक युवकले दाउराको चिर्पटले हिर्काई आफ्नै आमाको हत्या गरेका छन्। पृथ्वीनगर-२ रिमझिम चोक बस्ने २४ वर्षिय देसु भन्ने देसराज तामाङले घरायसी विवाद हुँदा बिहान ३;३० बजेतिर आफ्नै ४५ वर्षिय आमा तारा देवी भुजेल (तामाङ) लाई दाउराको चिर्पटले हिर्काई हत्या गरेका हुन। दाउराले हिर्काउँदा आमा तारादेवीको घटनास्थलमै मृत्यु भएको थियो। हत्यामा संलग्न तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको छ।

0 comments

Write Down Your Responses