मलेसियामा हराएका डुठेले ९ वर्षपछि मात्र आफ्नी श्रीमतीलाई फोन गरेर यसो भने

Homeरोचक / बिचित्रमलेसियामा हराएका डुठेले ९ वर्षपछि मात्र आफ्नी श्रीमतीलाई फोन गरेर यसो भने मलेसियामा हराएका डुठेले ९ वर्षपछि मात्र आफ्नी श्रीमतीलाई फोन गरेर यसो भने रोचक / बिचित्र June 28, 2016 No Comments धनकुटा खबर INTERESTING FOR YOU by Mgid This Game Won't Let You Sleep Tonight! winter.r2games.com After Learning This Fact, You'll Never Look At Penny the ... brainberries.co 100% Easy Cash Generating System - You Can Quit Your Job ... 7 Day Millionaire 12 Grandpas Who Have The Most Badass Bodies In The World brainberries.co inShare janumaya-thute रामेछाप । असार १४–झमक्क साँझ परिसकेको थियो । बेलुकीको खाना पाकिसकेको थियो । रामेछापको हिमगंगा ७ मुर्गेकी जगुमाया मगरको परिवार खाना खाने तयारीमा थियो । त्यतिबेलै मोवाइलमा फोन आयो, ‘हेलो, जगु हैन ?’ यति भन्दा जगुमायाले स्वरबाटै चिनिहाल्नुभयो। ९ वर्ष अघिदेखि मलेसियामा हराएका श्रीमान डुठेको फोन रहेछ । हराएका श्रीमानले एक्कासि फोन गर्दा जगुमायालाई पत्याउनै गाह्रो भयो । तर स्वर डुठेकै थियो । जगुमायाले सोध्नुभयो, ‘तपाईं कहाँ हराउनु भएको थियो ?’ ‘पहिलाको कम्पनी छाडेर भागेपछि मोवाइल चलाउन पाइँन। फेरिपछि फोन गर्नलाई तिम्रो नम्बर थिएन। भाइसँग नम्बर मागेर अहिले तिमिलाई फोन गरेको, डुठेले भने ।’ त्यो साँझ जगुमाया र डुठेको निक्कैबेर कुरा भयो । डुठे बेखबर भएदेखि नै चिन्तामा परेकी जगुमायाले सोच्दै नसोचेका बेला कुरा गर्न पाउनुभयो । यो बिचको सबै अवस्था बारे बुझ्नुभयो । अवैधानिक बसेका कारण अप्ठेरोमा परर फोन नगरेको भने । ९ वर्षपछि बोल्न पाउँदा दुबै जना फुरुङ भए। २०६२ सालको मंसिरमा रोजगारीका लागि मलेसिया गएका डुठे दुई वर्ष बितेपछि बेपत्ता भए । डुठेले त्यसअघिको अन्तिम पटक फोनमा भनेका थिए, ‘कमाई राम्रो भएन, आएको ऋण पनि तिर्न नसक्ने भएँ, अव म भागेर कामगर्छु ।’ कम्पनी छाड्छु भनेका श्रीमान कहाँ गए के गर्छन् त्यसपछि पत्तो थिएन । उता डुठे अप्ठेरोमा परेछन्। यता जगुमायालाई छोराछोरीले बाबु खोजेर हैरान बनाएका थिए। सधैं जसो एउटै कुरा सोधिरहन्थे, ‘हाम्रो बुबा खोई त ?’ तर मलेसियामा हराएका श्रीमानको बारेमा छोराछोरीलाई दिने जवाफ नभएपछि जगुमाया रुन थाल्नुहुन्थ्यो। जाँदा लागेको ऋण पनि तिरि नसक्दै श्रीमान बेपत्ता भए । साहुको ऋण र बालबच्चाको तनावमा रहेकी जगुमायालाई श्रीमान फेला परेको खुसी मात्रै होइन फेला परेको केहि समयमै पैसा पठाउनु भयो । अहिले ऋण तिरिसक्नु भयो । यो कुराले उहाँलाई झनै पीर पथ्र्यो । तर अहिले छोराछोरीलाई दिने जवाफ पनि भयो । अहिले छोराछोरीलाई ढुक्कसाथ भन्नुहुन्छ, ‘बाबु दशैंमा आउनुहुन्छ ।’ १६ वर्षे छोरो र १३ वर्षे छोरीले ९ वर्ष देखि यहि जवाफ पर्खिरहेका थिए । डुठेलाई पत्ता लगाउन रामेछापमा रहेको सामीको सूचना केन्द्रले पनि सहयोग गर्‍यो । सूचना केन्द्रकै सहयोगमा डुठेले भाइको मोवाइल नम्बर पाए र फोन गरे । अहिले डुठेसँग नियमित कुरा गर्छन् । डुठे दशैंमा फर्किने तयारीमा छन् । -सागरविक्रम बस्नेत/ रामेछाप

0 comments

Write Down Your Responses