काठमाण्डौ । असार १ देखी काठमाण्डौको खुल्ला मञ्चमा रिले अनसनमा रहेका संघिय गठबन्दनहरुले अबको आन्दोलन बिद्रोह हुन पनि सक्ने संकेत दिएका छन् ।
अति कडा भाषण गर्ने आदिबासी जनजातिको एक प्रभावशाली नेता आङ्गकाजी शेर्पाले एनभिएम मिडिया ग्रुपलाई आफ्नो अन्तवार्ताको क्रममा बताएका हुन् ।
उनले सरकारले संघिय गठबन्दनको मागलाई सम्बोदन नगरे बिद्रोहमा जाने संकेत गरेका छन साथै के.पी. ओली लगाएतका नेताहरुको हालत ज्ञानेन्द्रको जस्तै हुने दाबी समेत गरेका छन् ।
प्राय जसो सधै कडा रुपमा प्रस्तुत हुने जिज्ञासा राख्दा शेर्पाले भने उत्पिडनमा परेकोले कडा रुपमा प्रस्तुत हुने हो कुराकानीको क्रममा बताए ।
४७ प्रतिशत हिन्दु रहेको नेपालमा कुनै पनि हालतमा हिन्दु राष्ट्र नआउने यदि कसैले हिन्दुराष्ट्रको वकालत गर्छ भने तयो दिवा सपना मात्र हुने वताउनु भयो ।
तस्विरमा कान्तिपुरमा कलमले आदिवासी मधेसी शिल्पी र मुस्लीमबारे समचार सम्प्रेषण नगर्ने हो भने आदिवासी मधेसी हतियार उठाउन बाध्य हुने सन्देश सहित कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई खुकुरीको प्रतिक प्रदान गर्दै ।
हिन्दुराष्ट्र ल्याउनु भनेको दिवा सपना हो : आङ्गकाजी शेर्पा

0 comments
Write Down Your Responses