फेसबुकमा लेखेका दुई शव्दले १५ बर्ष जेल सजाय

एजेन्सी । यो घटना थाईल्याण्डको हो जहाँ फेसबुकमा दुई शव्द अर्थात ‘आइ सी’ लेखेको कारणले एक विधवालाई गिरफ्तार गरिएको छ । उनीमाथि राजाको अपमान गरेको आरोप लागेको छ। , जहाँँ राजाको अपमान गर्नु सबै भन्दा ठुलो अपराध मानिन्छ। यस अपराधमा १५ बर्षसम्म जेल सजाय हुने गर्दछ। यी महिला थाइल्याण्डको राजधानी बैंककको बाहरी क्षेत्रमा तीन कोठाको घरमा दुई सन्तानका साथ मानिसहरुको कपडा धोएर जिविका चलाउदै आएकी थिइन् ।४० बर्षीय पतनारी चनकिज नाम गरेकी यी महिला अहिले फेसबुकमा दुई शब्द लेखेका कारण नराम्ररी फसेकी छिन् । उनलाई १५ बर्ष सम्मको सजाय हुन सन्ने सम्भावना छ । थाइल्याण्डको अन्य घरहरु जस्तै उनको घरमा समेत देशका राजा भूमिबोल अदुल्यादेजको तस्वीर लागको छ। आफैलाई एक दशभक्त भन्ने उनले राजा बिरुद्द कहिले पनि एक शब्द समेत नबोलेको दाबी गरेकी छिन। तर, प्रहरीले उनलाई अर्को एक व्यक्तिसंग राजनीतिक कुराकानी गर्दा राजा बिरुद्द आपत्तिनक भाषा प्रयोग गरेको आरोप लगाएको छ। उनले राजा बिरुद्द अभद्र टिप्पणीको जवाफमा ‘जा’ शब्द जसको अंग्रेजीमा ‘आइ सी’ या ‘ओके’ लेखेको प्रहरीको दाबी रहेको छ। तर उनको एक छात्र नेता छन्, जसकारण उनलाई फसाइएको पतनारीको दाबी रहेको छ। थाइल्याण्डमा दुई बर्ष पहिले भएको सैन्य विद्रोहपछी ६० भन्दा बढी मानिसहरुलाई यस्तै कारणले पक्राउ गरिएको थियो। पछिलो महिना पनि एक अन्य ‘आमा’ लाई राजा बिरोधि टिप्पणी गरेको आरोपमा ५६ बर्षको जेल सजाय सुनाइएको बिबिसी हिन्दिमा समाचार छ ।

0 comments

Write Down Your Responses