मीनकृष्ण महर्जन, प्रकाश मालीले गोली हानेका व्यक्ति
काठमाडौं, २१ जेठ । ललितपुरका कथित ‘डन’ मीनकृष्ण महर्जन र मिलन सिलवालाई सांघातिक आक्रमण गरेर घाइते बनाउने अर्का ‘डन’ प्रकाश माली पक्राउ परेका छन् ।
मालीलाई बिहीबार ललितपुरको सानागाउँ र हात्तीवन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो । सानागाउँ र हात्तीवन क्षेत्रमा जग्गा पल्टिङको विषयलाई लिएर समूह–समूह बनाई ग्याङ फाईट गराउन मह्त्वपूर्ण भूमिका खेलेको भन्द्र प्रहरीले प्रकाश मालीलाई पक्राउ गरेको जनाएको छ ।
बज्रबाराही–६ बस्ने प्रकाश मालीलको अपराधका विषयमा थप अनुसन्धान थालेको छ । माली प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।
मालीले २०७० साल माघ ४ गते ललितपुरको धापाखेलमा कथित ‘डन’ मीनकृष्ण महर्जन र मिलन सिलवालाई सांघातिक आक्रमण गरी घाइते बनाका थिए ।
ज्यान मार्ने उधोग मुद्दामा समेत संलग्न रहेर फरारको सूचीमा रहेका प्रकाश मालीलाई हदैसम्मको कारबाही हुने प्रहरी भनाइ छ ।
मालीका अपारधिक क्रियाकलाप प्रहरीका लागि ठूलो चुनौति बनेको थियो । लामो समयदेखि मालीलाई मोष्ट वान्टेडको सूचीमा राखेको प्रहरीले बिहीबार पक्राउ गर्न सफल भएपछि राहतको सास फेरेको छ ।
प्रहरीलाई ठूलो सफलता, कथित ‘डन’ माली पक्राउ

0 comments
Write Down Your Responses