पशुको पिसाबलाई पबित्र भनी खाने,र छर्कने यो समाजले हामिले छोएको पानी अपबित्र बनायो।

छुवाछूतरूपी कलङको निर्माता को हुन त ? - नेपालको इतिहासलाई पल्टाउने हो भने , नेपालमा इतिहासका दासहरु कहिले * अछुत * भएनन् , श्रमजीवी समुदायहरु भने* अछुत * भए। पशुको पिसाबलाई पबित्र भनी खाने,र छर्कने यो समाजले हामिले छोएको पानी अपबित्र बनायो। इतिहासको निर्माता भगवान होईन स्वम मानिस नै हो। संस्कृती को संरक्षण बचाउने नाममा हामी बिकृतिलाइ अबस्य बचाउने होइन । वास्तब मै छुवाछूत , जातीय भेदभाव कलङको निर्मता र पृष्ठपोषण गर्ने पनि हाम्रै पू्र्खा हुन् । आज हामी एक्काइसौं सताब्दिमा पनि दलित बन्न र भन्न बाध्य पुस्ता तिनैका अवशेष माथी पछारिएर , पसाङ्गिएर बाच्न बाध्य भएका पुस्ता हौं । आज तेहि पुस्ताले दिएको इतिहासको बिरासत थोरै , धेरै बोक्न बाध्य भएका छौं । एउटा शक्ति मात्र होईन अनेकौं हैकम माथी जेलिएका दलित समुदाय , शक्तिशाली बर्चस्वले सदियौ देखि थिचिएको दलित समुदाय जसको योगदान इतिहासमा गरिमामय छ तर अदृश्य बनाइएका छन् ! रास्ट्रको एकीकरण र युद्धमा बन्दुक , भाला, खुकुरी हतियार बनाउने, जुत्ता , पोशाक सिलाउने , बाजा बजाउने , जागरणको गित गाउने , कला ,सस्कृति जोगाएउने , जगाउने विभिन्न लडाइहरुमा सहादत हुने, र बहादुरी देखाउने गाथाहरु आज अन्धकार भित्र हराइरहेका छन् । राज्यको शासन ब्यवस्था प्रणाली उच्च बर्ग, क्षेत्र , लिङ्ग , जाति , धर्ममा सापेक्ष छ। राज्यको शासन ब्यबस्था अप्रेसन नगरी अब दलित समुदायको उचित संमान र अधिकार सुनिस्चित हुन् असम्भव छ, एक्काइसौं सताब्दिका दलितहरु अझै दलि खाने, मागी खाने नभै गरि खाने, लडि खाने बन्नु पर्छ । दलित समुदायहरु यहि संमरचना भित्रबाट कदापि मुलुकको कार्यकारी पुग्न सक्दैनन् जो छर्लङ्ग छ , मुलुकको कार्यकारी पदमा पुग्न पहिले दलको प्रमुख बन्न सक्नु पर्छ जातीय पार्टीको प्रमुख बनेर हुदैन , दलहरुमा प्रमुख पदमा किन दलितहरुलाइ दिन सक्दैनन ? सधै दल र पार्टीको सामन्य पदमा रहेर हुदैन दल र पार्टीभित्र एउटा सघर्स गर्नु आबस्यकता छ। सामाजिक न्याय र अधिकारको *बटम, चाबी* अब दलबाट दलितहरुले लिन सक्नु पर्छ । सत्तामा दलित नपुगी शासन नगरी अब दलित मुक्ती असम्भव छ।

0 comments

Write Down Your Responses