प्रचण्डको नयाँ माओवादीले गर्यो अचम्मको निर्णय, केन्द्रीय सदस्य नै चकित

काठमाडौं, १० जेठ । विभाजित १० वटा माओवादीहरु एक भई बनेको नेकपा माओवादी केन्द्रले नयाँ निर्णय गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा आइतबारदेखि बसिरहेको पहिलो बैकठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेडक्वार्टर (केन्द्रीय कार्यालय) बनाउने निर्णय गरेको हो । सोमबार बसेको बैठकमा तत्कालका लागि नौ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार प्रचण्डको नेतृत्वमा बन्ने हेडक्वार्टरमा तत्काल अन्य पदाधिकारी रहने छैनन् । सानो हेडक्वार्टर बनाएपछि ६९९ केन्द्रीय सदस्यहरुमध्ये अधिकांश चकित परेका छन् । उनीहरुले यो निर्णयलाई अचम्मको निर्णय भनेका छन् । ‘एकीकरण पछि हामीलाई केन्द्रीय सदस्य बनाइयो तर, हेडक्वार्टर भने ९ जनाको मात्रै । यो कस्तो अचम्म हो,’ एक नेताले गुनासो पोखे । हेडक्वार्टर बनाउने निर्णय भएपछि एकल पदीयमा जाने कि बहुपदीयमा भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन् । यसैगरी ४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । हेडक्वाटरमा को-को ? प्रचण्ड नेतृत्वको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने छन् ।

0 comments

Write Down Your Responses