अनसनको सट्टा हिंसात्मक आन्दोलन, नेपालमा अब रगतको खोला बग्ने छ : सद्भावना पार्टीका अध्यक्ष महतो
काठमाडौं, असार १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनको काठमाडौंमा जारी आन्दोलनप्रति असन्तुष्टि जनाएका छन् । सद्भावनाका अध्यक्ष महतोले मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय नाइ संघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा रिले अनसन बसेका भरमा अधिकार प्राप्त नहुने बताए । उनले पहिचानसहितका प्रदेश बनाइनुपर्ने माग पूरा गर्नका लागि दवाब दिन रिले अनसनको सट्टा हिंसात्मक आन्दोलन गर्नुपर्ने बताए । उनले आन्दोलनमा रगत बगाउनका लागि आदिवासी जनजाति र दलितहरु तयार हुनुपर्ने बताए । सद्भावनाका अध्यक्ष महतोले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नरहेको आरोप लगाए ।

0 comments
Write Down Your Responses