काठमाडौं, १२ असार । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर भाइरल बनेको छ । सशस्त्र प्रहरीका महानिरिक्षक दूर्ज कुमार राईले आफ्ना सिपाहीलाई जुत्ता लगाउन लगाएको तस्विर एक अनलाईनमा प्रकाशित भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक बहस समेत भइरहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘सामन्ती शैली’ भन्दै उनको आलोचना गरेका छन् ।
उक्त तस्बिरमा देखिएका प्रमुख पात्र प्रहरी प्रमुख दूर्ज कुमार राई भने आफूलाई थाहा नै नभएको बताउँछन् । ‘तपाईंले जुत्ताको तुना पनि लगाउन सक्नुभएन छ नी ?’ दियोपोस्टको प्रश्नमा उनले भने,‘हो र भाई त्यो विषयमा मलाई थाहा नै छैन ।’
सञ्चारमा माध्यममा आएको खबर बारेसमेत आफूलाई केही थाहा नभएको उनले बताए । ‘म काममा व्यस्त छु, केमा आएको छ मैले हेर्न पनि पाएको छैन,’ उनले भने, ‘पहिले हेरौंला अनि कुरा गरौंला अहिले म एउटा कार्यक्रममा छु ।’
शनिबार चन्द्रागीरिमा केवलकार चढ्न पुगेका राईले आफ्ना सिपाहीलाई जुत्ता लगाउन लगाएका थिए । मन्दिर दर्शन गरेर निस्केका उनी कालो सुटमा सजिएका छन् । यता एक सिपाही भने उनको खुट्टामा जुत्ता लगाईदिँदैछन् ।
*प्रयाेग भएकाे तस्बिर अर्थतन्त्र डटकमकाे हाे*
जुत्ताको तुना पनि सिपाहीलाई लगाउन लगाउने सशस्त्रका आईजीपी दूर्जकुमार राई के भन्छन् ?

0 comments
Write Down Your Responses