दुई घन्टा आगाडी मात्र आफ्नो पत्नी संग भाइबर मा कुरा गरेको सुकबहादुर गुरुङ कहिले नफर्किने गरि काबुलमा अस्ताए ..

पत्नीसँग कुरा गरेको दुई घन्टापछि सुकबहादुर काबुलमा अस्ताए भवानी अधिकारी स्याङ्जाः ‘बृद्ध आमा, छोरा—छोरी र आफनो ख्याल गर्नु । म डेढ बर्षपछि मात्र घर आउँछु,' मंगलबार बिहान सुकबहादुर गुरुङले श्रीमतीलाई यत्ति भनेको दुई घन्टापछि उनी आफैँ अस्ताए । सुकबहादुरले आतंकवादी हमलामा पर्नुभन्दा ठिक दुई घन्टाअघि मात्र पत्नीसँग भाइवरमा कुरा गरेका थिए । घटना घट्नु भन्दा २ घण्टाअघि आफनी पत्नीसंग भाईवरमा कुरा गरेका ४३ बर्षीय सुकबहादुर गुरुङ अब कहिल्यै नफर्कनेगरी गएका छन् । ६/६ महिनामा घर आउने बिदा पाइने भए सिन ४३ वर्षीया गुरुङले डेढ वर्षमा एकैपटक घर आउने बताएको अन्तिम वार्तालापसँगै उनकी श्रीमती भक्कानिएकी छन् । श्रीमान् सुकबहादुर सँगको त्यो अन्तिम वार्तालाप सम्झदै ३८ बर्षीया पत्नी बेलकुमारी गुरुङका आँसु थामिएकै छैनन्। बेलकुमारीसँगै सुकबहादुरकी ७५ वर्षीया वृद्ध आमा, अनि ६ वर्षे छोरा र १८ वर्षीया छोरी अर्धचेत छन् । काबुल घटनाको खवर यत्रतत्र सुनिन थालेपछि घरमा भेट्न आउने आफन्तको लर्को लाग्न थालेको छ । आतंकवादी संगठन तालिवानद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाएका १२ नेपाली मध्ये स्याङ्जाका सुकबहादुर गुरुङ पनि एक हुन् । काबुलस्थित क्यानेडिएन दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत १२ जना नेपाली आतंकवादीको बम आक्रमणमा मारिएका थिए । तालिवानले सोमबार बिहान १२ नेपाली सहित १४ जनाको हत्या गरेको थियो भने ७ जना गम्भीर घाइते छन् । गुरुङले आइतबार साँझ गाउँले साथी दीलकुमार भुजेलसँगको अनलाइन वार्तामा आफनो इलाका खतरा रहेको जनाउ दिएका थिऐ । कुराकानीका क्रममा कोल्माका दुई साथी अफगानिस्तानबाट बिदामा घर आएको जनाऊ दिदा गुरुङ्ले आफनो ‘इलाका खतरा रहेको र कुन बेला के हुने हो भरै नहुने ' बताएको स्मरण गर्छन् भुजेल पनि । प्रायजसो: अनलाइनमा देखिने गुरुङ सोमबार साँझसम्म अनलाइनमा नदेखिएपछि र संचारमाध्यममा पनि उनको नाम प्रशारण हुन थालेपछि आफु झसंग भएको भुजेलको भनाइ छ । भुजेल भन्छन्, ‘अति मिलनसार र केही गर्नुपर्छ भन्ने भावना बोकेको व्यक्ति थियो ऊ, कत्ति पनि विश्वास लागेको छैन । ऊ अब संसारमा छैन भनेर । स्यङजाको कोल्मा गाविस ५ कल्स्याङ्दी घर भएका नेपाली सेनाका जागिरे गुरुङ माओवादी जनयुद्धका कारण जागिर छाड्नु परेपछि अफगानिस्तानतर्फ लागेका थिए । गुरुङ त्रिभुवन आर्मी क्लबको फुटब हाल गुरुङका परिवार काठमाडौं स्थित लैनचौनमा बस्दै आएका छन् । करिब ५ महिनाअघि मात्र गुरुङ पुनः अफगानिस्तान गएका हुन । बाह्र बर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको गुरुङका साला दुर्गा खरेलले जानकारी दिए । मृतक सुकबहादुरका आफन्तलाई बुधबार (भोली) गुरुङको शव नेपाल आइपुग्ने खवर भैसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।

0 comments

Write Down Your Responses