ओली सरकारले फेरि भारतीयको नेपाली नागरिकता खारेज गर्यो

काठमाडौं, ९ असार । सरकारले थप दुई भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिक आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । उनका अनुसार सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय पनि भएको छ । यसअघि पनि वर्तमान सरकारले पाँच भारतीयको नेपाली नागरिकता खारेज गरेको थियो । दैनिक नेपालमा खबर छ |

0 comments

Write Down Your Responses