बाबुरामको जिब्रो चिप्लिएर माओवादीले भनेपछी

१ असार २०७३, नेपाली हेडलालाईन-२४। आफ्नो जीवनको उर्जाशील २ दशकभन्दा बढी समय माओवादीमा बिताएका डा. बाबुराम भट्टराई हालै घोषित नयाँ शक्ति नेपालका संयोजक हुन् । नयाँ शक्ति निर्माण अभियानमा सक्रिय भएको पनि झण्डै एक वर्ष बित्न लागिसकेको छ । तर, भट्टराईको दिमागमा ‘माओवादी ह्याङ’ अझै बाँकी रहेको संकेत मंगलबार प्रज्ञा भवन कमलादीमा देखियो । भट्टराई नयाँ शक्तिको छलफल शत्रमा समापन मन्तव्य दिँदै थिए । त्यसक्रममा नयाँ शक्तिले प्रचार‍-प्रसारमा अपनाएको नयाँ शैलीको बारेमा बोल्दा बाबुरामको जिब्रो नराम्रैसँग चिप्लियो । उनले आफ्नो पार्टीको नाम नै माओवादी भने । ‘अहिले जसरी ‘माओवादी’ले सहरका भित्ताहरु नरङ्ग्याई, फोहोर नगरी सफलतापूर्वक कार्यक्रम सम्पन गर्‍यो ….. ।’ बाबुरामले यस्तै भन्दै थिए, हलमा उपस्थित सबै हलल्लऽऽऽऽऽ! हाँसे । उनले नयाँ शक्तिले भन्नुपर्नेमा माओवादीले भनेका थिए । त्यसपछि बल्ल भट्टराईलाई आफ्नो जिब्रो चिप्लिएको पत्तो भयो । उनले पूरानो ह्याङ ओभर अझै बाँकी रहेको भन्दै प्रसंगलाई टुङ्ग्याए, अनि मन्तव्य अघि बढाए । ‘समृद्धि सपना’ हवाई कल्पना होइन सो अवसरमा बाबुरामले नयाँ शक्तिले देखेको ‘समृद्धि सपना’ हवाई कल्पना नभएको बताए । ‘यो हवाई कल्पना होइन, अवश्य पूरा हुन्छ । त्यसको स्पष्ट खाका नयाँ शक्तिसँग छ,’ बाबुरामले भने ।एकै दिनमा सबै मौसम हुने सुन्दर देशका नागरिक खाडीमा गएर पसिना बगाउनु परिरहेकोमा दु:ख व्यक्त गर्दै भट्टराईले उनीहरुलाई नेपाल फर्किने वातावरण बनाउने बताए । विदेशमा रहेका नेपाली युवामात्रै होइन, विदेशीहरु पनि नेपाल आएर काम गर्ने दिन आउने उनको भनाइ थियो । समुद्रको मोती ‘मोती टिप्न समुद्र पुग्नु पर्ने’ आसयको गीतको प्रसंग उल्लेख गर्दै उनले नयाँ शक्ति पनि समृद्धिरुपी मोती टिप्न समुद्रमा हामफालिसकेको बताए । मोदी नटिपी समुद्रबाट नउत्रिने उनको भनाइ छ ।राजनीतिक क्रान्ति सम्पन्न गर्न भएको ढिलाइले आर्थिक विकास हुन नसकेको भन्दै बाबुरामले अब नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको बताए । भ्रष्ट र विकास विरोधी मात्रै हाम्रो दुश्मन नयाँ शक्तिले परिवर्तन र विकासका पक्षका पक्षधर सबैलाई आफ्नो मित्र शक्ति मान्ने उनले बताए । अबको दायरा फराकिलो हुनेभन्दै भट्टराईले भने, ‘विकासविरोधी र भ्रष्टाचारीमात्रै हाम्रो दुश्मन हु । '

0 comments

Write Down Your Responses