प्रेमी होइन ! यी महिलाको पछी साप लागेपछी ? यस्तो छ रहस्य

रोचक खबर / प्रेमी होइन ! यी महिलाको पछी साप लागेपछी ? यस्तो छ रहस्य ... प्रेमी होइन ! यी महिलाको पछी साप लागेपछी ? यस्तो छ रहस्य ... रोचक खबर उत्तराखण्ड– भारतको उत्तराखण्ड प्रदेशमा एउटा गजवको घटना बाहिर आएको छ । प्रदेशको पौडी जिल्लाको डेवडाली गाउँमा एउटा सर्प एक महिलाको पछि परेको छ । सर्पले ती महिलालाई अहिलेसम्म पाँच पटक टोकेको छ । तर, महिलालाई केही भएको छैन । गाउँलेहरु यसलाई चमत्कार भन्दा केही मानेका छैनन् । गाँउलेका अनुसार केही महिना अगाडि गाउँकी २९ बर्षकी संगीता आफ्ना ससुरासँग गौशला गएकी थिइन् । त्यहाँ उनले एउटा सर्प देखिन । संगीताका ससुराले त्यो सर्पलाई मारे । यसपछि अचम्म यो भयो कि जव संगीता एक्लै हुन्छिन्, त्यसबेला सर्प संगीताका पछाडि आउँछ । संगीताका अनुसार जव उनी घर बाहिर काममा निस्कनछिन्, तव सर्प पछि पछि आउँछ । अहिलेसम्म त्यो सर्पले संगीतालाई पाँच पटक टोकेको छ । संगीतलाई उनका परिवारले अस्पताल लैजान्छन् र बचाउँछन् । एक महिनामा एक महिलालाई पाँच पटक सर्पले टोकेपछि गाउँलेहरु अचम्ममा परेका छन् । सर्प यसरी पछाडि लागेपछि संगीताका परिवारका अन्य सदस्य पनि चिन्तित र भयभीत छन् । उनीहरु अहिले तन्त्र–मन्त्रमा विश्वास गर्न थालेका छन् । घटनाको पुनरावृति नहोस भनेर गाउँलेहरुले गाउँ नजिकै भगवान शिलको मन्दिर बनाएका छन् । तर, पनि संगीताको पछाडि पर्न सर्पले छाडेको छैन । संगीताको घर नजिकै रहेको एउटा मन्दिरमा सर्प बेला बेला देखिने गरेको छ ।

0 comments

Write Down Your Responses