काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ । सोमबार बिहानै एक मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम धमाकामा कम्तिामा पनि १४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमाा १२ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको यस मिनिबसमा १३ जना नेपाली सुरक्षागार्ड सवार थिए । घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पुर्याइरहेका छन् । स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बमले उडाएका हुन् । अफगान मिडियाले एक सरकारी अधिकारीलाई उधृत गर्दै जनाए अनुसार रमजान शुरू भएपछि काबुलमा यो पहिलोआतंकी हमला हो । यसभन्दाअघि १९ अप्रिलमा भएको हमलामा ६४ जना मानिस मारिएका थिए । घटनामा ३४० भन्दा बढी मानिस घाइते भएका थिए । तालिबान त्यो हमलाको जिम्मेवारी लिएको थियो ।
काबुलमा आत्मघाती बम हमला हुँदा १२ नेपालीको मृत्यु

0 comments
Write Down Your Responses