इजरायल मा धेरैको डलर ठगेर हिड्ने दार्जिलिंग मिरिक निवासी नारन लुंगेली र प्रमिला लामाको असली रुप पर्दाफास..

बिगत केहि वर्ष देखि इजरायलमा कार्यरत दार्जिलिङ्ग मिरिक निवासी नारन लुंगेली र श्रीमती प्रमिला लामा ले इजरायलमा कार्यरत दर्जनौ सोझा साझा नेपाली दिदिबहिनि दाजुभाइबाट करोडौ रुपैया ठगि गरेको पत्ता लागेको छ | पैसाको लेनदेनमा समस्या भएको कुराहरु पहिले पनि आए तर जव नरेन लुंगेलीले मिरिकमा पत्रकार सम्मेलन गरि नेपालीहरुको बद्नाम गर्न अर्कै बिषय वस्तुमा केन्द्रित भए तव इजरायल बासी पिडितहरुको धर्यता तोडियो साथै दार्जिलिंगे नेपालीहरु नै पनि उनि माथि खनिन पुगे | यसै सिलसिलामा गत १७ जुन सुक्रबारका दिन इजरायलमा कार्यरत नेपालीहरु तेल अभिब स्थित लेभिन्सकी पार्कमा भेला भै नारन लुंगेली र प्रमिला लामाबाट ठगिएका दर्जनौ पिडितहरुको वास्तविकता बुझे | सुक्रबारको भेलामा एक पछी अर्को गर्दै धेरै जना नेपालीहरु उक्त दम्पतिबाट ठगिन पुगेको बुझिएको छ | उता नारन लुंगेलीले मिरिकमा पत्रकार सम्मेलन गरि नेपालीहरु भारतीय पासपोर्ट बनाइ अबैध रुपमा इजरायल छिर्ने गरेको भन्दै त्यस बिरुद्द आफु लड्ने बताई रहदा यता इजरायलका पिडितहरु भने नारन लुंगेली नै त्यो काम गर्ने एजेन्ट रहेको र आफ्नो आफन्तहरु इजरायल झिकाउनका लागी मोटो रकम बुझाएको र त्यो पैसा पचाउन को लागि त्यो नाटक गरेको जनाएका छन् | पिडितहरु मध्य चन्द्र देबीले भनिन -‘म इजरायल आउदा सुरुमा बिरामी हुदा पनि अस्पताल लगे गुण गरे पछी पैसाको खाचो पर्दा पैसा मागे पछि बिस्वाशी मान्छे सम्झेर दिए तर आज मेरो तेह्र हजार अमेरिकी डलर लगेर गए पछी सम्पर्क बिहिन भएको छ, सम्पर्क हुदा पैसा दिनु त टाढाको कुरा गालि गलौज गरेर मेरो मानहानी गरे’ | यस्तै धेरै पिडितहरु आफ्नो आक्रोस पोख्दै गर्दा अब सबै पिडित मिलेर कानुनि रुप मै आफ्नो पैसा फिर्ता लिएरै छोड्ने निधो गरेका छन् | उक्त भेलामा न्युज डायरीले तयार पारेको भिडियो यहा बाट हेर्न सकिने छ

0 comments

Write Down Your Responses