यि हुन पूर्व मन्त्रीको छोरी,क्यानडाको पिआर पाएसँगै भन्छिन ‘नेपाली हुँ भन्न घिन लाग्छ

मन्जुश्री थापा नेपालका पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाकी छोरी हुन् । नेपालको बुर्जवा वर्गको प्रतिनिधित्व गर्ने थापा परिवारको गन्य मान्य छोरीको रुपमा मन्जुश्रीलाई लिइन्छ ।नेपालमा बसेर अग्रेजी साहित्यमा कलम चलाउने र अरुलाई अर्ती उपदेश दिने थापाले केही समय पहिले मात्रै क्यानडाको पिआर पाइन् ।त्योसम्म उनको अधिकारको कुरा भयो, जुनसुकै नागरिकले पनि आफ्नो लागि सोच्न सक्छ, आफ्नो फाइदाका लागि जुनसुकै काम गर्न सक्छ तर त्यही व्यक्तिले नेपाललाई गाली गर्ने अधिकार राख्दैन तर त्यही थापाले पिआर पाएपछि आफूलाई नेपाली भन्न पनि लाज लाग्ने भन्दै माइक्रो ब्लगिङ सामाजिक सञ्जाल टुइटरमा नेपाललाई गाली गर्ने दुस्साहस गरेकी छिन् । उनले त्यसमा लेखेकी छिन् , बल्ल म क्यानडाको नागरिक भए । अब म समान भए मलाई अब नेपाली भनाउनु छैन । जीवनभर नेपालको नाममा खेती गर्ने, नेपाललाई आफ्नो खेतीको अखडा बनाउने र कुनै मुलुकको पिआर पाएपछि नेपालको काम छैन भन्ने अधिकार थापालाई छैन भन्दै सामाजिक सञ्जालमा नै उनको चर्को विरोध भएको छ ।नेपालमा अधिकार नभएको, नेपाली महिलाले दुख पाएको, संविधानले सबैलाई समान हक नदिएका कारण आफूहरु अधिकारको लागि लडेको बताउँदै सामाजिक सञ्जालमा रोइलो गर्ने थापाहरु नै आज मुलुकलाई गाली गर्दै समान नागरिक भएको घोषणा गर्ने विषय कसरी मिल्न सक्छ भन्दै भइरहेको आलोचनाको उनले जवाफ दिनु थापाले उचित ठानेकी छैनन् । एस काठमाडौं बाट

0 comments

Write Down Your Responses