काठमाडौं, ७ असार- गत साताको मंगलबार डन दीपक मनाङे (राजिव गुरुङ) को अदालतमा सम्पत्ति शुद्विकरण मुद्दाको पेशी थियो ।
अन्य मुद्दाको चापका कारण न्यायाधीशले उक्त मुद्दा हेर्न भ्याएनन् । त्यसपछि अर्को पेशीका लागि उनी फाँटमा गए ।
फाँटका एक कर्मचारीले साउनमा पेशी राखिदिने बताइन् । ‘होइन, असारमै राख्नोस्’ डनकै शैलीमा थर्काउँदै उनले भने, ‘जसरी पनि असारमै राख्नुपर्छ ।’
महिला कर्मचारीलाई औंला तेस्र्याएपछि ती कर्मचारी पनि केही बोल्न सकिनन् । असार १३ गतेका लागि पेशी राखिदिइन् ।
प्रहरी इन्काउन्टरपछि गुण्डा नाइकेहरु सुध्रिए भन्ने विश्वास थियो । तर, अदालतमै धाकधम्की गरेपछि अदालतका कर्मचारीहरुसमेत घटनाले चकित भए ।
‘हामीलाई समेत धम्क्याउनेहरुले बाहिर सर्वसाधरणलाई कति दुःख दिन्छन् होला ?’ एक कर्मचारीले गुनासो गरे ।
मनाङेसतिह विशेष अदालतमा ५ जना डनहरुविरुद्वको मुद्दा विचारधिन छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका सहयोगमा सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले तीन वर्षअघि ५ डनहरुविरुद्व मुद्दा दायर गरेको थियो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
अदालत परिसरमै डन दिपक मनाङेले कर्मचारीलाई औंला तेस्र्याएपछि

0 comments
Write Down Your Responses