नेपाललाई २५ वर्षमा संसारको धनी देश बनाउने यस्ता छन डा. भट्टराईको योजना नेपाल दुई सय वर्ष भारत र चीनको चेपमा रह्यो, अब रहन्न

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको घोषणा सभामा देश विकास गर्ने दर्जनौं योजना सार्वजनीक गरेका छन् । आइतबार राजधानीको दशरथ रंगशालामा आयोजीत पार्टी घोषणा सभामा देश विकासका लागि दर्जनौ योजना सुनाएका हुन् । उनले २५ वर्षमा सम्बद्वशाली बनाउने आफुसँग योजना रहेको बताए । उनले विदेशमा काम गर्न गएका नेपालीलाई स्वदेशमा नै रोजगारी दिने देखि विदेशीलाई स्वदेशमा रोजगारीका लागि नेपालमा ल्याउने सम्मको देश बनाउनेमा नयाँ शक्ति नेपाल दृद्व रहेको जानकारी गराए । पछिल्लो समयमा देश विकास हुन नसकेका कारण नेपाली युवा छाना बिनाको घरमा बस्न बाध्य भएको उनको भनाई थियो । ‘अब हामीले विकास र संम्वृतिको काम गर्नु पर्छ । नत्र देश छाना बिनाको घर बन्ने छ । ५० औं हजार युवा छानो नभएको घरमा बस्न नसकेर विदेश पलाएन भएका छन् । त्यसका लागि नयाँ शक्ति नेपाल आवश्यक । उनीहरुलाई घरमा नै बोलाउने छ, छाना हाल्न सघाउने छ’, डा.भट्टराईले भने । उनले थपे अब घरमा सुनको छाना हाल्नु पर्छ । त्यसको नेतृत्व नयाँ शक्तिले गर्छ ।’ २५ वर्षमा देशलाई संसारको धनी बनाउने संयोजक डा. भट्टराईले आगामी २५ वर्षमा देशलाई संसारको धनी देश बनाउने प्रण गरेका छन् । उनले भने‘सात वर्षमा गरिबी न्यून हुन्छ, १५ वर्षमा बेरोजगारी न्युन हुन्छ, २५ वर्षमा अर्थात मेरो जीवन कालमा नेपाल संसोरको धनी देश बनाउने छौं । त्यो नयाँ शत्तिले मात्र गर्ने छ र त्यसको जिम्मा पनि नयाँ शक्तिले मात्र गर्ने छ । त्यसको योजना हामीसँग छ ।’ सोच र भीजन हामीसँग छ । प्रकृती हामी धनी छौं । स्रोत र साधानको उपयोग गर्ने छौं । युवा शक्तीलाई देशमा रोजगारी दिएर देश बन्छ । विकासका मोडल ल्याउन हामी तयार छौं । अब विदेश जानुपर्दैन, स्वदेशमै रोजगारी तपाईहरु यो देश छोडेर नभाग्नु होस । हामी पार्टी उचित स्थान दिने छौं । विदेश नजानुहोस । यो देशमा व्यवसाय गर्न चाहनेलाई बाताबरण बनाउने छौं । त्यसको योजना नयाँ शक्तिसँग छ । अबको २५ वर्षमा विदेशी नेपालमा रोजगारीका लागि आउने छन् । देश विकासको साक्षी तपाईहरु नै होः नयाँ शक्ति नेपाल निर्वाचनमा आयोगमा दर्ता भएका एक सय ८० पार्टीमा थप एक पार्टी मात्र नबन्ने भन्दै देश विकासका लागि काम गर्ने जानकारी गराए । उनले भने‘ देश विकासको साक्षी तपाईहरु नै हो साक्षी बस्ने सबै भाग्यमानीलाई धन्यवाद । इतिहासमा नै पहिलो पार्टी संयोजक डा. भट्टराईले चार पाँच जना बसेर पार्टी घोषणा गर्ने परिपार्टी अन्त्य भएको भन्दै आफुले हामीले ५० हजार मानिस उतारेर पार्टीको नाम घोषणा गर्दा इतिहासमा नै पहिलो पार्टी भएको दावी गरे । उनले सबैलाई विसका जगमा सहभागी बन्न आग्रह गर्दौ काँघका काँघ मिलाउन आफु तयार रहेको दावी गरे । अब अन्तै निर्भर हैन आत्मानिर्भर हामी अहिलेसम्म आत्मा निर्भर बन्न सकेनौ, अन्तै निर्भर भयौ अब आत्मा निर्भर बन्नु पर्छ । उनले भने त्यसका लािग हामीले हाम्रा सन्तानलाई देशमै राख्नु पर्छ । बुढाबुढी मात्र बसे गणतन्त्रको अर्थ हुँदैन । म पनि मेरो बुढेसकालमा मेरी छोरीसँग बस्न चाहन्छु त्यसको नेतृत्व नयाँ शक्तिले लिने छ ।’ देशको विकास गर्न दर्जुन दृष्टि डा भट्टराईले देश विकास गर्न अर्जुन दृष्टिको कथा समेत सुनाउन भ्याए । उनले कथा सुनाउँदै भने ‘महाभारतमा पाँच पाण्डवलाई पनि तालिम दिईएको थियो । रुखमा चरा राखिएको थियो । दुरदृष्टि जाँच्न राखिएको चरालाई नदेखेर कसैले हाँगो, कसैले पात देखे तर अजर्नुले भने चराको आँखा देखे । अरुले खसाल्न सकेनन । उनले चरा खसाए’, उर्जुन दृष्टि भनिन्छ । देशमा अर्जुन दृष्टि लगाउनु पर्छ । त्यो नयाँ शत्तिले मात्र गर्ने छ । पहिला दुई ढुङगा बिचको तरुल अब दुई शक्तिशाली देशबिचको पुल पुर्खाहरुले भने‘नेपाल दुई ढुङगा बिचको चरुल हो’ । अब त्यो परिवर्तन गर्नु पर्छ । डा भट्टराईले भने ‘हामी गरिब देश हौं, नेपाल भारत र चीन जस्ता महाशक्ति शाली देशको बिचमा छ । हामी बाहिए राष्ट्रियताको पक्षमा सचेत रहनुपर्छ ।’ अब हामी दुई सागरको पुल बनेको खण्डका विसका सम्भव छ । उनले भने ‘नेपाल दुई सय वर्ष भारत र चीनको चेपमा रह्यो । अब चेपीन्नौ बरु पुलको काम गर्ने छौं । आर्थिक विकास गर्न दुई छिमेकी देशको फाईदा उठाउनु पर्छ । त्यसका लागि नयाँ शक्ति आवश्यक भएको उनको ठम्याई छ । भ्रष्टाचारीलाई पार्टीको साधारण सदस्यबाट बन्चीत देशमा भ्रष्टाचार, घुसखोरी बढ्यो । ‘परिस्थीतिबस हामी भ्रष्टाचारमा फसकेको खण्डका निपक्ष छानविन गर्ने छौं । स्वतन्त्र छानविन हुन्छ । कसैलाई भ्रष्टाचारको आरोप लागेर प्रमाणीत भएमा पार्टीको समस्या समेत रहन्न,’ उनले भने । देश सम्बद्व भएन उनले भने ‘हामी यो पार्टीलाई कमाई खाने भाँडो होईन देश विकास गर्ने काममा लगाउने छौं । जनतको सेवा गर्ने छौं । राजनीतिलाई स्वच्छ बनाउने छौं । हामी जे भन्छौं त्यो गर्ने छौं । अब म बदलीसँके तपाईहरुको मनमा होला यो दश वर्ष युद्व लडेको, माओवादीबाट आएको कसरी देश बनाउँछ । तर म आर्कीटेक्ट हुँ धेरैको घरको नक्सा कोरेको छु, मेरो घर बनाउने छैन । नेपाली सम्पन्न नभएसम्म आफ्नो घर बनाउँने छैन । कुनै सम्पनी जम्मा गर्ने छैन । dr bhattarai १० वर्ष जनयुद्ध लडेको र पार्टीमा काम गरेको बाबुराम कसरी नयाँ भयो भन्ने प्रश्न रहेको भन्दै उनले त्यसको जवाफ दिए । सामान्य किसान परिवारबाट आएको आफू प्रधानमन्त्री भइसकेको र, त्यो भन्दा ठूलो कार्यकारी पद अर्को नभएको भन्दै उनले भने, ‘मैले लिनु केही छैन । म आफ्नो बाँकी जीवन युवा पुस्ताहरुका लागि र देशका लागि समर्पित गर्न चाहन्छु ।’ कृषकले बलरामको हलो र इन्द्रको पानीमा भर पर्नु पर्दैन यो देश कृषीले धानेको छ । दुई तिहाई कृषिले थेगेको छ । अब कृषकका सुदिन आएका छन् । डा भट्टराईले भने ‘ अब कृषकहरुले द्वापर युगको बलरामको हलो र इन्द्रको पानीमा भर पर्नुपर्दैन । अब नयाँ प्रंविधिमा जानु पर्छ । त्यसका हामी कृषकलाई सहयोग गर्न तयार छौं ।’ उनले आफुले कृषकलाई सहयोग गर्ने भन्दै धोका नदिने बाचाका साथ नयाँ शत्तिमा स्वागत समेत गरे । लगानीकर्ता निर्धक्क भएर लगानी गर्न आएहुन्छ देशमा समय समयमा हुने बन्द हडतालका कारण स्वदेशी तथा विदेशी लगानी कर्ता आउन नसकेको भन्दै विदेशी लगानी कर्तालाई नेपालमा आउन आग्रह गरेका छन् । उनले नयाँ शक्तिले कुनै पनि बन्द, हडताल नगर्ने भन्दै मजदुरलाई रोजगारी र न्यूनतम पारीश्रमीकको नीति दावी गरे । लगानी कर्ता र मजदुरलाई समन्वय गर्ने नीति बनाउने दावी गरे । दुघ दिने गाईलाई खान नदिए दुई दिँने भन्दै गाईको पालन पोषणमा आफु तयार रहेको बताए । प्रस्तुतीः सोभित थपलिया

0 comments

Write Down Your Responses