बेल्जियममा रहेका विमल घर्तीमगरले बहिनीको मृत्यु भएको खबर सुनेपछि

बहिनी र आमासँग विमल । काठमाडौं, १३ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर शुक्रबार बिहान नेपाल फर्किने भएका छन् । उपचारका लागि बेल्जियम गएका विमल बहिनी मनिषा घर्तीको मृत्युको खबर सुनेपछि हतार हतार नेपाल फर्किन लागेका हुन् । उनकी बहिनी मनिषाको बुधबार राति घरमै एक्लै रहेको अवस्थामा हत्या भएको थियो । यो पनि पढ्नुस्ः यस्तो छ फुटबलर विमलकी बहिनी मनिषाको हत्याको कारण, प्रेमीसहित ३ पक्राउ विमललाई बहिनीको मृत्यु भएको खबर अखिल नेपाल फुटबल संघ (एन्फा)ले गराएको थियो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले विमल शक्रबार बिहान साढे ९ बजे नेपाल फर्किने जानकारी दिए । घुँडामा लागेको चोटको उपचार गर्न दुई साताअघि बेल्जियममा पुगेका विमल भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुदको माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका थिए । बहिनीको मृत्यु खबर सुनेपछि बेल्जियममै भक्कानिएर रोएका विमल उपचार पुरा नगरीकनै घर फर्किन लागेका हुन् ।

0 comments

Write Down Your Responses