प्रधानमन्त्री ओलीलाई ४ दिनभित्र राजिनामा गर्न दबाब

प्रचण्ड नेतृत्वमै सरकार बनाउने सहमति भएको २४ घण्टा नबित्दै प्रचण्डले बेइमानी गरेको प्रमुख विपक्षी दल कांग्रेसको आरोप छ काठमाडौं । आर्थिक वर्ष २०७३ र ७४ को बजेट ब्यवस्थापिका संसदमा पेश भए लगत्तै नयाँ सरकार गठनको कोसर्स शुरु भएको छ । नेपाली कांग्रेससँगको सहमतिमा सरकार गठन गर्ने निर्णय एकै दिनमा उल्ट्याएर प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नौं बुँदे सहमति गरेका थिए । नौ बुँदे सहमतिका साथै प्रधानमन्त्री ओली प्रचण्डबीच अर्को गोप्य तीन बुँदे सहमति समेत भएको थियो । उक्त गोप्य सम्झौता पनि संसदमा बजेट पेश भए लगत्तै सार्वजनिक भएको छ । बजेट लगत्तै प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति गर्दै एमाले–माओवादी गठबन्धनलाई नतोड्ने दुई पक्षको सहमति भएको बताइन्छ । सोही सहमतिअनुसार प्रधानमन्त्री ओलीले अबको चार दिनपछि पदबाट राजिनामा दिने कुरा माओवादी केन्द्रका एक नेताले बताए । बजेट पारित भएलगत्तै ओलीले राजिनामा गर्ने भएकाले सरकार गठनकै बारेमा छलफल गर्न प्रचण्ड सोमवार विहानै ओली निवास पुगेका थिए । उक्त भेटका क्रममा दुई नेताबीच विहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नयाँ सरकार गठनको पक्षमा एमाले नेता माधव नेपाल पनि उभिएका छन् । केही दिनदेखि ओलीसँग रुष्ट बन्दै गएका नेता नेपालले ओली सरकारलाई लामो समय टिक्नै नदिने रणनीतिमा रहेको स्रोतको दाबी छ । उता, प्रचण्ड नेतृत्वमै सरकार बनाउने सहमति भएको २४ घण्टा नबित्दै प्रचण्डले बेइमानी गरेको प्रमुख विपक्षी दल कांग्रेसको आरोप छ । सरकार गठनमा माओवादीसँग अब कुनै पनि विषयमा छलफल हुनै नसक्ने कांग्रेस नेता डा शेखर कोइरालाले बताएका छन् ।

0 comments

Write Down Your Responses