१५ जेठ, काठमाडौं- फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’को पोलीग्राफ टेस्ट गरिने भएको छ । प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने मेसिनबाट मनिषाकाृ मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तहरुलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ । पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ । एकैपल्ट मुटुको चाल, रक्तचाप, श्वासप्रशवास र पसिना ग्रन्थीलगायत यसले रेकर्ड गर्छ । पोलिग्राफको अर्थ नै एकैपल्ट धेरै शाररिक प्रतिक्रिया रकेर्ड हुनु भन्ने हो । शरीरका यी अंगहरुको प्रतिक्रियाका आधारमा उसले सही बोलिरहेको छ वा झुटो भन्ने थाहा हुन्छ । पोलिग्राफ परीक्षणका क्रममा व्यक्तिलाई सुईद्वारा एउटा विशेष औषधि दिइन्छ । उक्त औषधिले मानिसका शरिरका चेतनालाई नियन्त्रणमा लिन्छ । औषधिका कारण व्यक्तिका वास्तिविक मुटुको चाल, स्वासप्रस्वास नाडीको प्लस देखाउँछ । तर, यसका लागि मानिसको मुटुको चाल, श्वासप्रश्वास, प्लस पढ्न सक्ने एउटा मेसिनको आवश्यकता पर्दछ । औषधिले नियन्त्रणमा लिएको मानिसको वास्तिविक चाल, स्वासप्रस्वास साँचो बोल्दा सही निस्कन्छ भने झुटो बोल्दा निकै फरक पर्छ । औषधिले नियन्त्रणमा लिएको व्यक्तिले प्रहरी वा सुरक्षाकर्मीले सोधेको प्रश्नमा जबरजस्ति झुटो बोल्ने प्रयास गर्दा मुटुको चाल, प्लस तथा श्वासप्रश्वास सबै फरक देखिने भएकाले सहजै झुटो बोलेको पत्ता लगाउन सकिन्छ
मनिषा हत्या प्रकरण: घटनाले लियो अर्कै रुप, प्रेमी आशिष को गरिने भयो “पोलिग्राफ

0 comments
Write Down Your Responses