नेपाली चेलीबेटी बेच्ने यी दुई महिलालाई यसरी काठमाडौंमा पक्राउ

काठमाडौं, १५ जेठ । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न २ जना महिलालाई महानगरीय अपराध महाशाखाको प्रहरीले बिहिबार पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु माछापोखरी बस्ने उदयपुर वेलटार नगरपालिका–७ की ३१ वर्षीया बिना तामाङ र काठमाडौं बालाजु माछापोखरी बस्ने उदयपुर पुरन्दह गाविस–९ की २५ वर्षीया बालकुमारी विश्वकर्मा रहेका छन् । विभिन्न बाहाना तथा वैदेशिक रोजगारको प्रलोभन देखाई काँकडभिट्टा हुँदै भारतको राजधानी नयाँदिल्लीबाट कुवेत पठाउने सिलसिलामा विशेष सूचनाको आधारमा खटिएको प्रहरीले कोटेश्वरबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा काठमाडौं–काँकडभिट्टा चल्ने बा.१ ज ३१२१ नम्बरको गाडीमा चेकजाँच गर्नेक्रममा ४ जना पीडित महिलासहित वेचविखनमा संलग्न तामाङ र विकलाई पक्राउ गरेको हो । तामाङ र विकलाई मानव वेचविखन तथा ओसारपसार मुद्दामा कारबाहीको लागि महाशाखाले महानगरीय परिसर काठमाडौं पठाएको छ ।

0 comments

Write Down Your Responses