साझा सवाल कार्यक्रममा आफ्नै जातीलाइ घृणा गर्ने कुरा गरेपछि ”मिस टुरिजम क्विन समृद्दी राई” विवादमा फसिन !

गत आइतबार प्रसारित युवाहरुको आवाजलाइ समेटिने गरि तयार पारिएको”साझा सवाल” कार्यक्रममा बोल्दै ”मिस टुरिजम क्विन समृद्दी राई” ले आफ्नै परिवार राई लिम्बु लाइ घृणा गर्ने कुरा बोले पछि अहिले उनि बिबादमा फसेकी छिन | देश को चर्चित टिभी कार्यक्रममा सार्बजनिक रुपमै किरातीहरु माथि यस्तो अपमानजनक शब्द प्रयोग गरे पछी किरात राई लिम्बु युवा युवतीहरुले बहिस्कार गर्ने सम्मको बहस सामाजिक संजालमा गरि रहेका छन् | यसरि उनको बिरोध गर्ने हजारौ को संख्यामा देखे पछी अन्तत उनले माफी मागिन यसरी (मेरा सम्पूर्ण किराती दाजुभाई तथा दिदि बहिनि माझ मेरो सेवारो अनि नमस्ते. हिजो अर्थात् आइतबार राति प्रसारित भएको कार्यक्रम साझा सवाल मा मैले भनेको कुराको प्रतिबाद देखेर म निकै नै दुखि छु. खास मा मैले भन्नु खोजेको कुरा र आखिर मा भनिएको कुरा मा मेरो नेपाली फरर बोल्न नसक्ने छ्यमता को गल्ति छ. तर यो मोड मा आएर म कसैलाई दोषी ठहरौन चाहन्न, किन भने म आलोचना को पात्र भएको म स्वीकार गर्छु. राष्ट्रिय मिडिया मा गएर मैले मेरो शब्द को चयन सोचेर गर्नु पर्ने थियो, जुन मैले गरेन र यसको लागि म हृदय देखि नै माफी चाहन्छु. म एउटा किराती को छोरी भएर किराती लाइ नै कसरि घृणा गर्नु? आखिर मा मेरो बाबा पनि राइ हुनुहुन्छा र म किराती हुनु र नेपाली हुनु मा धेरै नै गर्ब गर्छु. आखिर मा हामी नेपाली को थरि थरि को भाषा भेस अनि संस्कृति ले नै त हामीलाई संसार मा छुटै पहिचान दिएको छ. हामी किराती संग संगै सम्पूर्ण जात जाति ले गर्दा नै त हाम्रो देश भिन्न छ, सुन्दर छ, प्यारो छ. मेरो विचार एति मात्रै हो कि, कति दिन तिमि नेवार, म खस , तिमि पहाडी, मा मदेशी भनेर त त म म गर्ने? हामी यो भन्दा धेरै माथि उक्लेर देश को लागि धेरै गर्नु छ , गर्न सक्छौ, र गर्दै पनि छौ. मेरो “राइ लिम्बु लाइ मन दुखाउने” वाक्य पक्कै पनि गलत थियो, यो मा मान्दछु र छ्यामा प्रार्थी छु. गल्ति सबै बाट हुञ्छ, आखिर मा मान्छे त हो, आफ्नो छोरी बहिनि लै जसरि माफी गरिदिनु हुञ्छ, तेसरी नै मलाई पनि माफी गरिदिन्हु होला. निरन्तर मेरो काम र कुरा ले मेरो प्यारो किराती समुदाय र सम्पूर्ण नेपाल अनि नेपालीहरुलाइ खुशी र गौरब दिने मेरो लक्ष्य मा साथ् दिनु होला भन्ने आशा राखेकी छु. तपाई को आशिर्वाद र माया को खाचो छ मलाई, समृद्धि) =

0 comments

Write Down Your Responses